News Portal

  • एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

    आर्थीकसंसार संवाददाता१७ असार, २०८१
    २९ पटक
    १७ असार, २०८१

    काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर संस्थापक शेयरधनी तथा सर्वसाधारण,कम्पनी वा संगठित संस्थाका लागि बिक्री गर्न लागेको हो । यसअघि कम्पनीले संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको शेयर तोकिएको समयमा विक्री नभएपछि कम्पनीले सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

    शेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । कम्पनीले २२ हजार ७२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । इच्छुक लगानीकर्ताले असार २३गते अपरान्ह ३ बजेभित्र कम्पनीको शयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय बालुवाटारमा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।

    प्रतिकृया दिनुहोस्