News Portal

  • सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१६ असार, २०८१
    ३३ पटक
    १६ असार, २०८१

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले आज असार १६ गते बेलौरी शाखा कार्यालय मार्फत मृत्युदावी रकम हस्तान्तरण गरेको हो । बीमित स्व. काशीराम डगौराले सन लाइफ सावधिक जीवन बीमा खरिद गरेका थिए । उनले बीमाङ्क रकम १ लाख ५१ हजार रुपैयाँको जीवन बीमा गरि जीजले बार्षिक ६ किस्ता वाफत ६३ हजार ६ रुपैयाँ भुक्तानी गरेका थिए ।

    बीमितको यही वैशाख ३० गते मृत्यु भएकाले बीमितको इच्छाइएको व्यक्ति निजको श्रीमती गौरी कुमारी चौधरीलाई बीमाङ्क रकम र बोनश रकम वाफातको कुल दाबी रकम एक लाख ८० हजार १४३ रुपैयाँको बेलौरी शाखा प्रमुख सेब रानाले हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्