आर्थीकसंसार संवाददाता१६ असार, २०८१
१६ असार, २०८१काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीकी शेयरधनी आराधनाा मल्लले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि कम्पनीमा निवेदन पेश गरे अनुसार कम्पनीले संस्थापक शेयरधनीले नै खरिद गर्न पाउने गरी विक्रीमा राखेको हो । कम्पनी मल्लको नाममा रहेको २ लाख कित्ता शेयर विक्री गर्ने भएको हो ।
ईच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र म्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । विक्री गरिने संस्थापक शेयरको विक्री मुल्इ नियमअनुसार हुने प्रचलित मूल्य भन्दा कम नहुने कम्पनकिो भनाई छ ।