News Portal

  • एलआईसी नेपालको २२औँ साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ असार, २०८१
    ४६ पटक
    १४ असार, २०८१

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो ।

    सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

    यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८०को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।

    साथै चालु आव २०८०/८१को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्