आर्थीकसंसार संवाददाता१३ असार, २०८१
१३ असार, २०८१काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ बर्ष सम्म पनि शेयरधनीले बुझि नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था रहेको हुँदा नगद लाभांश बुझि लिन बाँकी रहेका शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आग्रह गरेको हो ।
साविक रेसुङ्गा विकास बैंक लिमिटेड र पूर्णिमा विकास बैंक लिमिटेड समेतका शेयरधनीहरुले २०८१ श्रावण २० गते भित्र बैंकको केन्द्रीय कार्यालय तथा लयहरु वा शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु मा आफ्नो सक्कल नागरिकता सहित सम्पर्क गरी नगद लाभांश बुझि लिनन आग्रह गरेको हो ।