आर्थीकसंसार संवाददाता१२ असार, २०८१
१२ असार, २०८१काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लि। खरेन्द्रपुर शाखा कार्यालयले पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले शिवराज नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु, बुद्विजिवि, समाजसेवी, आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।