आर्थीकसंसार संवाददाता१२ असार, २०८१
१२ असार, २०८१काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू असार १२ देखि २७ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्क (समुन्नति जीवन बीमा योजना बाहेक) मा छुट दिने भएको हो ।
कम्पनीले ५ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेखमा २० प्रतिशत छुट, ३ देखि ५ वर्ष अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत छुट र ३ वर्षभित्रको व्यतित बीमालेखमा १०० प्रतिशत छुट दिने जनाएको छ ।
साथै, यस प्रकारको छुट बीमालेख अवधिभरि एकपटक मात्र पाइने र छुट सुविधाको उपयोग गरी नवीकरण गरिएको बीमालेख दुई वर्षभित्र सरेन्डर गरेमा छुट कट्टा गरिन कम्पनीको भनाइ छ ।