News Portal

  • लचिलो मौद्रिक नीति आउँछ भनेर भविष्यवाणी नगर्दा हुन्छ : गभर्नर अधिकारी

    आर्थीकसंसार संवाददाता११ असार, २०८१
    ६७ पटक
    ११ असार, २०८१

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोबीच समझदारी भएको छ ।

    बैंक र नयाँ बानेश्वर, काठमाडौं स्थित सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोमा १४ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्