News Portal

  • प्रभु महालक्ष्मी लाइफद्वारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता९ असार, २०८१
    ६९ पटक
    ९ असार, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफको रुकुम पश्चिम शाखाले क्यान्सर पीडित महिलाई घातक रोग बीमा दाबी बापतको रकम दावी भुक्तानी दिएको छ । आइतबार कार्यालयमै बोलाएर क्यान्सर पीडित बाँफीकोट गाउँपादिका ८ दुलीकी रमिता खत्रीको परिवारलाई बीमा दाबी बापत प्राण घातक रोग क्यान्सरको लागि ५ लाखको चेक हस्तान्तरण गरेको हो ।

    इन्स्योरेन्सका शाखा प्रमुख ब्यूँझना पुन देवकोटाले क्यान्सर पीडित रमिताको श्रीमान मानबहादुर खत्रीलाई चेक हस्तान्तरण गरेकी हुन् । रमिताले केही वर्ष पहिले छोरी ममता केसीको जिवन किरण बीमा योजना अन्तर्गतको बीमा गरेकी थिइन् । बीमा गर्दा छोरीको प्रस्तावकको रुपमा रहेकाले उनलाई पुरक करार सम्झौता अनुसारको प्राण घातक रोग बापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख देवकोटाले जानकारी दिइन् ।

    क्यान्सर पीडित रमिताको विगत ३ महिनादेखि बाँकेको खजुरा क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । अप्ठेरो परिस्थितीमा आर्थिक रुपमा सहज हुने भएकाले विमा गर्नु महत्वपूर्ण पक्ष रहेको सबैले आफ्नो र परिवारको स्वास्थ्य सुरक्षाको निम्ति बीमा गर्न आवश्यक रहेको शाखा प्रमुख देवकोटो जानकारी दिइन् ।
    प्रतिकृया दिनुहोस्