आर्थीकसंसार संवाददाता८ असार, २०८१
८ असार, २०८१काठमाडौं । हिमालयन लाइफले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक डुडुवा गाँउपालिका ४ , शाहपुर्वाकी सरिता तेलिको परिवार सन्जय तेलिलाई ५ लाख ३९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
संजय कुमार शर्मा अभिकर्ताद्वारा बीमा जारी गरिएको थियो । जसमा बीमितले जम्मा २ किस्ता मात्र जम्मा गरेकी थिइन् । सोहि अवधिमा सामान्य बिरामी भइ मृत्यु भएको हो । उक्त बीमालेख ५ लाखको यस हिमालयन लाइफ (साबिकको युनियन लाइफ) नेपालगंज शाखाबाट जारी गरिएको थियो । जस अन्तर्गत स्थानिय र सामाजिक अगुवाको बीचमा एक कार्यक्रमको आयोजना गरी यस प्रदेशका प्रदेश उपप्रमुख उमेश ठाकुरबाट सम्बन्धित ब्यक्त्तिलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।