News Portal

  • एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

    आर्थीकसंसार संवाददाता७ असार, २०८१
    २६ पटक
    ७ असार, २०८१

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा डाकेको छ ।

    बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले असार २९ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहानको ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ ।

    सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।

    त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रयोजनका लागि आवश्यक प्रक्रिया अघि बढाउने र सञ्चालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।

    सभा प्रयाजनार्थ बैंकले असार १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्