News Portal

  • एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन

    आर्थीकसंसार संवाददाता७ असार, २०८१
    ७४ पटक
    ७ असार, २०८१

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय सेवाका अलवा सामाजिक उत्तरदायित्व अन्तरगत विविध क्रियाकलापहरु गर्दै आइरहेको छ । यसैबीच संस्थाले असार १ गते, शनिबारका दिन वारा जिल्ला स्थित परवानिपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । गरिब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिहरुलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

    उक्त शिविरमा १२४ जना आँखाका समस्या भएका विरामीहरुलाई स्वास्थ्य सेवा प्रदा गरिएको थियो । निःशुल्क चेक जाँच, निःशुल्क औषधि वितरण तथा निःशुल्क मोति विन्दुका शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।

    इटहरी नगरपालिका वडा नं ९ रजिष्टार्ड कार्यालय तथा बनेपा नगरपालिका वडा नं ८, बनेपामा कर्पोरेट कार्यालय रही देशका ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत यस संस्थाले आर्थिक, सामाजिक र भौगोलिक रुपले पिछडिएका निम्न वर्गीय जनताहरु विशेष गरी ग्रामीण महिलाहरुलाई लक्षित गरी एक अग्रणी लघुवित्तको रुपमा विगत १० वर्षदेखि वित्तीय सेवाको पहुँच पु¥याउँदै आइरहेको छ ।
    प्रतिकृया दिनुहोस्