News Portal

  • समृद्धि फाइनान्सको औरही शाखाले मनायो पहिलो बार्षिकोत्सब

    आर्थीकसंसार संवाददाता६ असार, २०८१
    १०३ पटक
    ६ असार, २०८१

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको औरही शाखा कार्यालयले आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले औरही नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम मनाएको हो ।

    उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उक्तरोक्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।

    शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानिमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको जनाएको छ ।

    समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्