काठमाडौं । बैंकिङ सेवा उत्कृष्टताका आधारमा ग्लोबल आईएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रय अवार्डहरू जितेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकमा समावेश गर्ने लक्ष्य राखेका छन् ।
विसं. २०६३ सालमा सम्पूर्ण नेपालीहरूमाझ बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्य राखेर सबैका लागि बैंक भन्ने मूल नाराका साथ ग्लोबल आईएमई बैंकको स्थापना भएको हो । नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाका रूपमा बैंकिङ क्षेत्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको बैंकको भनाइ छ ।
यी हुन बैंकले जितेका अवार्ड र सम्मानहरू
ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।
‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’
सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ-नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालको बैंकलाई ए रेटिङ
इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई इक्रा एनपी-आईआर ए प्रदान गरेको छ । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।
‘बेष्ट इन्टरनेट बैंक २०१६-नेपाल’ अवार्ड
ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन ‘इन्टरनेशनल फाइनान्स म्यागजिन’ द्वारा ‘बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल’ अवार्डबाट सम्मानित भएको थियो । सिगांपुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो ।
सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था
ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।