News Portal

  • उद्योग वाणिज्य महासंघको चुनाव कुन–कुन स्थानबाट मतदान भइरहेको छ ?

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७७
    १४३३ पटक
    १३ मंसिर, २०७७

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको लागि आज शनिबार मतदान हुँदैछ । काठमाडौंका तीन स्थानमा भइरहेको निर्वाचनमा जिल्ला नगरको मतदान प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट्सतर्फको मतदान कार्की बैंक्वीट बबरमल र वस्तुगतको मतदान महासंघको कार्यालय टेकुमा भइरहेको छ । कोभिड संक्रमित मतदाताको लागि छुट्टै बुथ बनाएको महासंघले जनाएको छ ।
    आज बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने महासंघको निर्वाचन समितिले जनाएको छ । पटकपटक स्थगित भएर सम्पन्न हुन लागेको महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धामा छन् । महासंघको विद्यानका अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नयाँ कार्यसमिति चयन सँगै नयाँ अध्यक्षको पदबहाली गर्ने छन् ।
    जिल्ला नगर समूहको उपाध्यक्षका लागि किशोर समूहबाट दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, एशोसिएट्स उपाध्यक्षका लागि सौरभ ज्योतीले उम्मेदवारी दिएका छन् । त्यस्तै ढकाल समूहबाट जिल्ला नगर समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत समूहको उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट्स समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई चुनावी मैदानमा छन् ।
    महासंघबाट १ हजार १ सय १६ मतदाता निर्वाचनमा सहभागिता जनाउन पाउने भएका छन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ९०४ वटा एसोसिएट्स सदस्य संस्थाहरु, ६ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका प्रतिनिधिले भाग लिने छन् ।
    वस्तुगततर्फ १०१ संघहरुले मतदान गर्ने छन् । जना जिल्ला नगरतर्फबाट १०५ जना अध्यक्षहरुले मतदान गर्ने भएका छन्् । एसोसिएट्स, द्विराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी जम्मा १ हजार ११६ मतदाता रहेका छन् ।

    प्रतिकृया दिनुहोस्