News Portal

  • आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो १ करोड ९१ लाख रुपैयाँ दाबी

    आर्थीकसंसार संवाददाता२ असार, २०८१
    १२० पटक
    २ असार, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको जेठ महिनामा बीमा दाबीवापत १ करोड भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा ३० वटा बीमा दाबी वापत १ करोड ९१ लाख रूपैयाँ दाबी भुक्तानी गरेको हो ।

    कम्पनीले ९ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत २ लाख ७२ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । १३ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ७१ लाख ८० हजार ९२९ रुपैयाँ प्रदान गरेको छ भने ८ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत १७ लाख ८ हजार ४२९ रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्