News Portal

  • नेशनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३२ जेठ, २०८१
    ३६ पटक
    ३२ जेठ, २०८१

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रुकुम पश्चिम शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । बाफिकोट गाउँपालिका ६ का सन्दिप कुसारीले आफ्नो छोरा बिजय कुसारीको २ लाख ५० हजार ५ सय रुपैयाँको बीमा गराएका थिए । सो वपत उनले ३ किस्तामा जम्मा रु ३९,९१५ जम्मा गरेकोमा सन्दिप कुसारीको असामयिक निधन भएपछि छोरा बिजय कुसारीले बीमाङक रकम २ लाख ५० हजार ५ रुपैयाँ पाएका छन् ।

    अब छोरा बिजय कुसारीले बाँकी किस्ता जम्मा गर्नुनपर्ने कम्पनीले जनाएको छ । अबधी पुगेमा पुन कम्पनीले बीमाङक रकम र पुरै अबधिको बोनश प्राप्त गर्ने चिठी कम्पनीका शाखा प्रमुख टंक हमालले दिएका हुन् ।

    कम्पनीले मृतक सन्दिप कुसारीलाई हार्दिक श्रद्धान्जली दिदै जीवन बमिा आफू रहे आफैलाई र आफू नरहे परिवारलाई भुक्तानी दिने भएकाले सबैले बीमा गर्नुपर्ने बताएको छ ।

     

    प्रतिकृया दिनुहोस्