News Portal

  • नेपाल बैंक र जलजला बहुमुखी क्याम्पसबीच कर्जा सम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०८१
    २८ पटक
    ३१ जेठ, २०८१

    काठमाडौं । नेपाल बैंक र रोल्पा जिल्लास्थित जलजला बहुमुखी क्याम्पसबीच क्याम्पसमा अध्यापनरत स्थायि प्राध्यापक तथा कार्यरत कर्मचारीहरूलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    कम्पनीको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुशील कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

    क्याम्पस प्रमुख खड्का क्षेत्रीले नेपाल बैंकले प्रदान गर्दै आइरहेको समय सापेक्ष उत्कृष्ट वित्तीय सेवाहरूबाट आफूहरू सन्तुष्ट र उत्साहित रहेको बताए । त्यसैगरी, कम्पनीको तर्फबाट प्रदेश प्रमुख नेपालले क्याम्पसलाई आफ्नो वित्तीय कारोबारहरू बैंकको डिजिटल बैंकिङमार्फत सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।

    कार्यक्रममा कम्पनीको लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रबन्धक कुलराज घिमिरे, रोल्पा शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उपप्राध्यापक तथा संयोजक श्याम बुढा मगरलगायतको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्