News Portal

  • यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभाबाट हकप्रदको प्रस्ताव अनुमोदन

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०८१
    २६ पटक
    ३१ जेठ, २०८१

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    सभाले कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयरबराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिले पेस गरेको प्रस्ताव पारित गरेको छ ।

    हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ। चुक्तापुँजी वृद्धि हुने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

    कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

    संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेखन गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

    प्रतिकृया दिनुहोस्