News Portal

  • सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०८१
    २४ पटक
    ३१ जेठ, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफले घातक रोग वापतको दाबी भुक्तानी गरको छ । सिद्धिपुर–०४, उदयपुरका तिलक बहादुर राईले सूर्यज्योति लाइफमा बीमा गराएका थिए । उनी वैदेशिक रोजगारको क्रममा साउदी अरब गएका थिए । राई विदेशमै हुँदा उनलाई पेट सम्बन्धी क्यान्सर पहिचान भएको हुँदा वैदेशिक रोजगार म्यादी बीमाको घातक रोग बिरुद्ध आर्थिक सुरक्षा बापतको दाबी रकम ४ लाख ७५ हजार २० रुपैयाँ हस्तान्तरण गरेको हो ।

    बीमितको घरमै पुगी सूर्यज्योति लाइफका गाईघाट शाखाका कर्मचारी तथा अभिकर्ताहरुको उपस्थितिमा शाखा प्रबन्धक कमला खवासले उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन ।

    उक्त दाबी रकमले उपचारको क्रममा ठुलो राहत मिलेको कुरा जानकारी गराउँदै जीवन बीमामा घातक रोग सुविधाको महत्व आफुले हाल बुझेको  तिलक बहादुर राईले बताए ।
    प्रतिकृया दिनुहोस्