काठमाडौं । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर निवासी नवप्नतिभा पब्लिक स्कुलका प्रिन्सिपल वीर बहादुर चन्दले छोरी बेबिका चन्दलाई जन्मदिनको अवसर पारेर नेशनल लाइफको बाल अमृत ३ बीमा पोलिसी उपहार दिएका छन् । छोरीको जन्मदिनमा फजुल खर्च नगरि उच्च शिक्षाका लागि भन्दै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाट २० लाख बीमाङ्कको बाल अमृत ३ बीमा पोलिसि उपहार दिएका हुन् ।
कम्पनीको महेन्द्रनगर शाखा कार्यालयमा एक कार्यक्रमकाबीच शाखा प्रमुख नवीन किशोर भट्ट र प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको उपस्थितिमा छोरुलाई बीमा बीमा पोलिसी उपहार दिएका हुन् । छोरीको उज्ज्वल भविष्यका लागि भन्दै उनले सो बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।
कम्पनीका प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दले जीवन बीमा आफू रहुन्जेल आफ्नो लागि र आफू नरहेको खण्डमा परिवारका लागि हुने प्रमुख आर्थिक सुरक्षा कवच रहेको बताए ।