News Portal

  • ग्लोबल आइएमई बैंकले ७ वटा गाडी बेच्दै

    आर्थीकसंसार संवाददाता२७ जेठ, २०८१
    ३८ पटक
    २७ जेठ, २०८१

    काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न कम्पनीका ७ वटा गाडी (सवारी) हरू बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा देशभरिका विभिन्न शाखा कार्यालयमा रहेका ७ वटा गाडी बिक्रीमा राखेको हो ।

    बैंकका अनुसार बा १० च ९५१८, बा १३ च ४२५९, बा १३ च ४२७१ नम्बरका मारूती ओम्नी भ्यान, बा ६ च ३८१० नम्बरको टाटा, बा १० च १२७१ नम्बरको फोर्ड, बा १० च ३७२ र बा १३ च १२६ नम्बरको टाटा सुमो गाडी बिक्रीमा राखेको हो ।

    उक्त सवारी साधन जहाँ जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बिक्री गरिने बैंकले जनाएको हो । उक्त सवारी साधन खरिद गर्न ईच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ

    बैंकको कमलादी शाखाबाट गोप्य शिलवन्दी बोलपत्र फारम १ हजार रुपैयाँमा खरीद गर्न सकिनेछ । लिलामीका शर्तहरु बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछन् ।

    प्रतिकृया दिनुहोस्