News Portal

  • शेयरधनीलाई एक्सेल डेभलपमेन्ट बैंकले बनायो निराश, लाभांश नबाँड्ने निर्णय

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०८१
    ३५५ पटक
    २६ जेठ, २०८१

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले शेयर लगानीकर्तालाई निराश बनाएको छ।

    बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८०का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थ उक्त आर्थिक वर्षको मुनाफाबाट कुनै पनि किसिमको लाभांश नबाँड्ने बैंकले निर्णय गरेको छ।

    बैठक उक्त आर्थिक वर्षको विवत्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्