आर्थीकसंसार संवाददाता२६ जेठ, २०८१
२६ जेठ, २०८१काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि यूएस एड ट्रेड एन्ड कम्पेटिटिभनेस सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत यूएस एड ट्रेड एन्ड कम्पेटिटिभनेसले बैंकलाई नेपालभरका लघु, साना तथा मझौला उद्योग व्यवसायी माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १०,००० नयाँ लघु, साना तथा मझौला उद्योग व्यवसायी लाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तिय सहयोग गर्ने छ ।