News Portal

  • नेको इन्स्योरेन्सद्वारा बिमा सर्भेयरको सूची दर्ता गर्न आग्रह

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०८१
    ४७ पटक
    २५ जेठ, २०८१

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरहरूलाई सूची दर्ता गर्न आग्रह गरेको छ ।

    कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गरी कम्पनीको बीमालेखमा परेका दाबीहरूको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजत प्राप्त गरि इजाजत बहाल रहेका कम्पनीमा सूचिकृत नभएका इच्छुक व्यक्ति वा संस्थालाई सूची दर्ताका लागि आग्रह गरेको हो ।

    आवश्यक कागजातसहित आजका मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बीमाभवन ज्ञानेश्वर काठमाडौंमा सूची दर्ता गराउन सकिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्