News Portal

  • नेष्डो समृद्ध लघुवित्तको एजीएम आज हुँदै, यस्ता छन् एजेण्डा

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०८१
    १३५ पटक
    २५ जेठ, २०८१

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज जेठ २५ गते शुक्रबार पाँचौं वार्षिक साधारण सभा गर्दैछ । सभा आज पर्वत जिल्लाको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा अपरान्ह १२ः३० बजेदेखि शुरु हुने जनाएको छ । कम्पनीको गत बैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । यस वर्ष संस्थाले लाभांश नदिने निर्णय गरेको छ ।

    सभाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएमा पनि सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालू आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले चार जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    प्रतिकृया दिनुहोस्