News Portal

  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२४ जेठ, २०८१
    ४७ पटक
    २४ जेठ, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीका दुई जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्री गर्न इच्छा राखी निवेदन दिए अनुसार कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा राखेको छ ।

    कम्पनीले संस्थापक शेयरधनी विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सरेन्द्र सवेदीको नाममा रहेको २ हजार ७४५ कित्ता शेयर बिक्रीमा राखेको हो । यस शेयरमा इच्छुक जोकोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्