News Portal

  • हिमालयन लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०८१
    १६१ पटक
    २३ जेठ, २०८१

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गतेदेखि समाप्त हुने हुँदा आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी तीन वर्षका लागि पुनः नियुक्त गरेको जनाएको छ ।

    कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु अब हिमालयन क्यापिटलबाट हुनेछन् ।

     

    प्रतिकृया दिनुहोस्