News Portal

  • हिमालयन लाइफको बागलुङ उप-प्रादेशिक कार्यालयद्वारा आश्रमलाई सहयोग

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०८१
    ७१ पटक
    २३ जेठ, २०८१

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बागलुङ उपप्रादेशिक कार्यालयले १६औँ वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रम बागलुङलाई सहयोग गरेको छ । वार्षिकोत्सवको अवसर पारेर आश्रमलाई १० हजार रुपैयाँ सहयोग गरेको हो ।

    कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवमा आश्रमको एक छाक भोजन गराएको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका उपप्रादेशिक प्रमुख बलराम गौतमले बताएका छन् । मानवीय सेवाको उच्च नमुनाको रूपमा रहेको आश्रममा सहयोग गरिएको गौतमले जानकारी दिए ।

    साविका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एकिकृत भइृ बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बागलुङ उपप्रादेशिक कार्यालय मार्फत बागलुङमा बागलुङ बजार, गलकोट र बुर्तिवाङ बजार, पर्वतको कुश्मा बजार, म्याग्दीको बेनी बजार र मुस्ताङमा गरी ६ शाखा मार्फत ८ सय आभिकर्ताले काम गदै आएका छन ।

     

    प्रतिकृया दिनुहोस्