आर्थीकसंसार संवाददाता१६ जेठ, २०८१
१६ जेठ, २०८१काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले घातक रोग वापतको दाबी भुक्तानी दिएको छ । रम्भा गाउपालिका ०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा सन नेपाल लाइफ इन्स्योरेन्समा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । निजलाई वैदेशिक रोजगारीकै क्रममा मुटु सम्वन्धी समस्या देखिएको थियो ।
उपचार गराएको प्रमाण सहित सोको दाबी कम्पनीमा गरेपछि सन नेपाल लाइफबाट घातक रोग दावी वापत रु ५ लाख भुक्तानी गरेको हो । घातक रोग दावी भुक्तानी वापतको चेक रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा र कम्पनीका कलष्टर हेड सन्तोष कुँवर क्षेत्रीले एक कार्यक्रमका विच हस्तान्तरण गरे ।
कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, पत्रकार, सन नेपाल लाइफका कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।