News Portal

  • राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बरालले लिए सपथ

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८१
    ३४१ पटक
    १४ जेठ, २०८१

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

    नवनियुक्त अध्यक्ष बरालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। बराललाई आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो।
    बराल अर्थ मन्त्रालयका सहसचिव हुन्। उनी अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय जीवन बीमा कम्पनीमा आएका हुन्।

    बराल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पनि हुन्।

    प्रतिकृया दिनुहोस्