News Portal

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता११ जेठ, २०८१
    ११५ पटक
    ११ जेठ, २०८१

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जार गर्दै बैंकका ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

    उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउने व्यवस्था छ । शेयर खरिद गर्न ईच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ । सो शेयर के–कति रकममा लिने सोको व्यहोरा खुलाई आवेदन दिन बैंकले भनेको छ ।

    बैंकले तोकेको ३५ दिनका समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
    प्रतिकृया दिनुहोस्