आर्थीकसंसार संवाददाता१० जेठ, २०८१
१० जेठ, २०८१काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कोशी प्रदेश, पाँचथर जिल्ला, तुम्बेवाका २९ वर्षका स्व. बीमित सुजन राईको परिवारलाई मत्यु दाबी वापतको रकम दिएको हो ।
उनको अल्पायुमै असामयिक निधन भएको थियो । स्व. सुजन राईले प्रथम बीमा शुल्क बापत रु ३,७०८ बुझाएका थिए । एशियन लाइफ कम्पनिमा रहेको बैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख बीमाङ्क रु १०,००,००० को बीमा चालु अवस्थामा रहेको थियो ।
यस हस्तान्तरण कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सका कर्मचारी ,अभिकर्ता ,पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो । हस्तान्तरणमा एशियन लाईफ इन्स्योरेन्स कम्पनिका कोशी प्रदेशका उप क्षेत्रीय प्रबन्धक शान्तिराम निरौलाले बीमा किन गर्ने भने जानकारी दिएका थिए ।