News Portal

  • सानिमा रिलायन्स लाइफले गर्यो घातक रोग बीमा दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता९ जेठ, २०८१
    ५६ पटक
    ९ जेठ, २०८१

    काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्स लिमिटेड बुटवलले मंगलबार बुटवलमा बैदेशिक रोजगारी म्यादी जीवन बीमा बापतको घातकरोग दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रदेश प्रमुख ईन्द्र विश्वकर्माले ४ लाख ७५ हजार २ सय ४६ रुपैंयाको चेक दाबीकर्ता बीमित बुटवलका शंकर प्रशाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन ।

    सो अवसरमा बोल्दै प्रदेश प्रमुख ईन्द्र बिश्वकर्मा , बुटवल शाखाका शाखा प्रमुख प्रेम आचार्य, एमडिआरटी मान बहादुर कुँवर एजेन्सी म्यानेजर विनोद खनालले जीवनको सुरक्षा, भवितब्य ब्यबस्थापन एवं अशक्तताको सुरक्षाका लागि बीमा जरुरी रहेको औंल्याएका थिए ।

    साथै समाजमा अझै बीमा शिक्षाको आवश्यकता रहेको र छिटो छरितो सेवा एवं दावी भुक्तानीमा कम्पनिले सहजढंगले भुमिका खेल्ने गरेको बताएका थिए । यस्तै बीमित शंकर न्यौपानेले यसरी बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिंदा गरिने म्यादी जीवन बीमा गर्दा घातक रोगको उपचारमा पनि कम्पनीले सहज ढंगले राहत प्रदान गरेकोमा खुसी ब्यक्त गरेका थिए ।

    उनले यसवारेमा धेरै मानिसलाई जानकारी नभएकाले पनि सुबिधाबाट बन्चित रहेका हुँदा कम्पनिलाई प्रचारप्रसारमा जोड दिन आग्रह गर्दै आँफुले पनि पहल गर्ने बताएका थिए ।

    बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिंदा गरिने म्यादी जीवन बीमा गर्दा बिमितले दुर्घटना बापत रु १० लाख र घातकरोग बापत रु ५ लाख सम्मको सुबिधा पाउने गर्छन ।

    न्यौपानेले बैदेशिक रोजगारीका लागि कतार जाँदा श्रम स्वीकृति लिएका थिए । जसमा सानिमा रिलायन्स कम्पनिको म्यादी जीवन बिमा गरेबापत उनले सो सुविधा लिएका हुन् । उनले कतारमा रहँदा ओपन हर्ट शल्यकृया मार्फत मुटुको भल्व परिवर्तन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्