आर्थीकसंसार संवाददाता९ जेठ, २०८१
९ जेठ, २०८१काठमाडौं । कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफ इन्स्योरेन्सले ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ई-नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गर्न बुधबार ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उक्त सहयोग कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले इ-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र महासचिव दिनेश राज भण्डारीलाई कम्पनीको प्रधान कार्यालयमा ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
सिटिजन लाइफको यस सहयोगले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने आपेक्षा कम्पनीले राखेको छ ।