News Portal

  • सुर्यज्योति लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता७ जेठ, २०८१
    २४१ पटक
    ७ जेठ, २०८१

    काठमाडों । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्कि शाखाले दुर्घटना मृत्यु दाबी वापतको दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीले लम्की चुहा न.पा. १ लम्की घर भएका बीमित स्वर्गिय कुलचन्द्र जैसिको परिवारलाई दुर्घटना मृत्यु दाबी वापत २ लाख ४१ हजार ७५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

    कम्पनीका सुदुर पश्चिम् तराइ क्षेत्रका क्षेत्रीय शाखा प्रमुख रबिन्द्र हमाल ,लम्की शाखाका शाखाका प्रमुख सुरेश जैशि र लम्की चुहा नगरपालिकाका वडा न. १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालले संयुक्त रुपमा स्व। कुलचन्द्र जैसिको परिवारलाई दाबी रकमको चेक हस्तान्तरण गरेका हुन।

    सडक दुर्घटनाका कारण मृत्यु भएका स्व. कुलचन्द्रले लम्कि शाखाबाट एक लाखको बीमा गराएका थिए ।
    प्रतिकृया दिनुहोस्