News Portal

  • कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना संक्रमण

    आर्थिकसंसार संवाददाता१० मंसिर, २०७७
    १४६९ पटक
    १० मंसिर, २०७७

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना भाइरस पुष्टि भएको छ । कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण भएको देखिएको हो ।
    कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि जानकारी दिँदै अहिले होम क्वारेन्टिनमा रहेको बताए । मंगलबार टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पीसीआर परीक्षण गरेको थियो ।
    सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी र करण केसीको कोरोना परीक्षण गरिएको थिएन । उनीहरु बन्द परीक्षणमा लागि आइनसकिएको जनाइएको छ । बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ ।

    प्रतिकृया दिनुहोस्