News Portal

  • सहकारी ठग्नेमाथि अनुसन्धान हुने, यस्तो बन्यो संसदीय छानबिन समिति

    आर्थीकसंसार संवाददाता५ जेठ, २०८१
    ११० पटक
    ५ जेठ, २०८१

    काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धि अनुसन्धान गर्न संसदीय समिति बन्ने भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएपछि अब सहकारीको रकम अपचलन गर्नेविरुद्द छानबिन हुने भएको हो ।

    शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा सहमति भएको हो ।

    कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सो समितिको संयोजक बन्ने बुझिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

    यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने बुझिएको छ । पछिल्लो समय सहकारीमा ठूलो समस्या छ । अधिकांश सहकारीमा बचत फिर्ताको समस्या छ ।

    प्रतिकृया दिनुहोस्