काठमाडौं । सरकारले कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा बढाउन गरेको नीतिगत पहलको सकारात्मक संकेत मिलेको छ । सस्तो व्याजमा पाइने कर्जा लिएर कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नेहरुको संख्या बढ्न थालेको हो ।
सरकारले तोकेका अन्य क्षेत्र जस्तै कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नको लागि पनि सस्तो व्याजमा कर्जा पाइने नीतिगत व्यवस्था गरेको छ । वार्षिक करिब ५ प्रतिशतको हाराहारीमा पाइने सहुलियतपूर्ण कर्जा लिएर उद्यम व्यवसाय गर्नेहरुको संख्या बृद्धि हुँदै गएको नेपाल राष्ट्र बैंकको एक तथ्यांकले देखाएको हो ।
गत असोज मसान्तसम्ममा ४१ हजार ६ सय १८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । ती ऋणीलाई ७२ अर्ब ४७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत २७ हजार ३ सय ६९ ऋणीलाई ६१ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १४ हजार २ सय ४९ ऋणीलाई ११ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्ममा नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ३ अर्ब ८४ करोड रुपैयाँ लगानीमा रहेको छ । यसमध्ये साधारण पुनरकर्जा २ अर्ब ८५ करोड रुपैयाँ र भूकम्प पीडितलाई निजी आवास निर्माण गर्न प्रदान गरिएको पुनरकर्जा ९९ करोड रुपैयाँ रहेको छ ।
सहुलियतपूर्ण कर्जामा बृद्धिपछि कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि
आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
१० मंसिर, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान