News Portal

  • सूर्यज्योति लाइफले एक महिनामै गर्यो ७.२९ करोड रुपैयाँ दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२ जेठ, २०८१
    १३४ पटक
    २ जेठ, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख महिनामा मात्रै ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले वैशाख महिनामा १९६ वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको हो ।

    त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा १८ सय १७ वटा दाबीबापत ६६ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्