News Portal

  • बीओकेबाट कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    २४३१ पटक
    १० मंसिर, २०७७

    काठमाडौं । कर्मचारी संचय कोषबाट लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डूको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ ।
    कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी सञ्चय कोषमा नगई सिधै बैंक अफ काठमाण्डूको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने भएको हो ।
    बैंकले बुधबार एक विज्ञप्ती जारी गर्दै सबै ग्राहकहरुले बिना कुनै झनझट् कोषबाट लिएको कर्जा तिर्न सक्ने जनाएको छ । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्