News Portal

  • लामो समयदेखि बाँकी बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई प्रभु इन्स्योरेन्सको आग्रह

    आर्थीकसंसार संवाददाता२१ वैशाख, २०८१
    १०८८ पटक
    २१ वैशाख, २०८१

    काठमाडौं । प्रभु इन्स्योरेन्सले विभिन्न समयमा परेको बीमा दाबीको भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ।

    कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको हो। विभिन्न समय परेको दाबीहरुको निवदेन प्राप्त भएको तर हालसम्म दाबी फर्छ्यौट प्रक्रियाका लागि आवश्यक कागजपत्रसहित सम्पर्कमा नआएपछि कम्पनीले यस्तो आग्रह गरेको हो।

    लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको हुँदा दाबी फर्छ्यौटका लागि आवश्यक कागजपत्र (कोभिड दाबीबाहेक)सहित कम्पनीको नजिकका प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा केन्द्रीय कार्यालयमा सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको छ। यसका लागि सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो बीमा दाबीको सम्बन्धित कागजात बुझाइ दाबी फर्छ्यौट कार्यमा सहयोग गरिदिन कम्पनीले अपिल गरेको छ।

    यो सूचना प्रकाशित भएको २१ दिनभित्र दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त नभएमा त्यस्तो सबै दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

    प्रतिकृया दिनुहोस्