News Portal

  • १०९.६५ प्रतिशत बढ्यो सिद्धार्थ प्रिमियरको नाफा, अधिकांश सूचकमा छलाङ

    आर्थीकसंसार संवाददाता२१ वैशाख, २०८१
    १७ पटक
    २१ वैशाख, २०८१

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा खुद नाफा १०९.६५ प्रतिशत बढेर ५९ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

    चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १३८.५६ प्रतिशत बढेर १ अर्ब ३२ करोड ८६ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६९ लाख ५८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९३ प्रतिशत घटेर ६६ करोड २५ लाख रुपैयाँ गरेको छ । त वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    यस अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड रुपैयाँ गरेको छ भने १ अर्ब ३० करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो भने ६६ करोड ३९ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    कम्पनीको चुक्ता पुँजी २५.३५ प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, विशेष जगेडा कोष २ अर्ब ५० करोड र महाविपत्ति कोष २१.६९ प्रतिशत बढेर १६ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी ८.६९ रुपैयाँ बढेर २८.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ भने २५४.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.४४ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्