News Portal

  • आइएमई लाइफ इन्योरेन्सद्धारा अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०८१
    २९३ पटक
    १९ वैशाख, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सद्वारा मधेश प्रदेशको हरिवनमा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । उक्त तालिममा ८४ जना अभिकर्ताहरुलाई प्रदान गरेको थियो ।

    कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन गर्नूभएको सो कार्यक्रममा , तालिम विभाग प्रमुख सुनिल आचार्य , प्रदेश प्रमुख रवि शंकर सर्राफले प्रशिक्षण दिएका थिए ।

    त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले एक घर एक बिमापुर्जा भन्ने नारा का साथ अभिकर्ता पेशाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज बिधीहरु बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए।

    उनले लगनशीलता तथा इमान्दारिताका साथ कार्य गर्दा यो पेशाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताए।

    कार्यक्रमको अध्यक्षता मधेश प्रदेश प्रमुख रवि शंकर सर्राफले गरेका थिए । कार्यक्रममा मधेश प्रदेश अन्तर्गतका मलङ्गवा, हरिवन, चन्द्रपुर, तथा गौर शाखाका अभिकर्ताहरु साथै कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको शाखा प्रमुख राजेश साहले बताएका थिए ।

    प्रतिकृया दिनुहोस्