News Portal

  • एलआइसी नेपालले दियो ५१ लाख ९५ हजार रुपयाँ मृत्यु दाबी वापतको रकम

    आर्थीकसंसार संवाददाता१९ वैशाख, २०८१
    १२ पटक
    १९ वैशाख, २०८१

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) विरगंज शाखाले मृतकको परिवारलाई मृत्युदावी भुक्तानी गरेको छ । एलआइसीले मृतक अमित कुमार चौरसियाको छोरा अंकित चौरसियालाई दावी वापतको ५१ लाख ९५ हजार २ सय रुपैया मृत्युदावी भुक्तानी दिएको हो ।

    मृतकले २०७२ जेष्ठ १० गते एलआईसी नेपालको विरगंज शाखा बाट ३४ लाखको जीवन तरंग १५ वर्षे बीमालेख खरिद गरेका थिए । मिती २०८० फाल्गुन २१ गते अस्पताल लैजाने क्रममा ह्दयघात भइ बाटोमै मृत्यु भएको थियो । सोही अनुरुप कर्पोरेसनले दावी वापतको चेक दिएको हो । चेक वीरगंजका शाखा प्रमुख प्रवीण झा, एजेन्सी म्यानेजर गणेश प्रसाद शाह र अभिकर्ता सकुन्तला चौरसियाले घरमै गइ हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्