News Portal

  • अभिकर्ता तालिम सञ्चालन गर्दै यूनाइटेड अजोड

    आर्थीकसंसार संवाददाता१७ वैशाख, २०८१
    २६ पटक
    १७ वैशाख, २०८१

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ।

    कम्पनीले उक्त तालिम ३ दिनसम्म सञ्चालन गर्न लागेको हो। न्यूनतम एसएलसी वा सोसरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पती विज्ञानमा कम्तीमा १ वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिधिलाई अभिकर्ता इजाजतपत्रका लागि परीक्षामा सहभागी गराउने जनाइएको छ।

    कम्पनीले तालिम वैशाख २१ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्नेछ। तालिम बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म गुल्मीको तम्घासमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।

    त्यस्तै, अभिकर्ता परीक्षा लिखित परीक्षा वैशाख २३ गते सञ्चालन गरिने कम्पनीले जनाएको छ। तालिममा सहभागि हुनका लागि इच्छुकले आवश्यक कागजातसहित वैशाख २० गतेभित्र कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्