News Portal

  • एलआइसी नेपालले मृतकको परिवारलाई दियो १० लाख रुपैयाँ दाबी वापतको रकम

    आर्थीकसंसार संवाददाता१७ वैशाख, २०८१
    १५ पटक
    १७ वैशाख, २०८१

    काठमाडौं । एलआइसी नेपालले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक अजहर मियाको श्रीमति सबारा खातुनलाई दाबी वापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले मृतकको श्रीमतिलाई १० लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो।

    मृतक मियाले २०८० साउन ४ गते लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको कलैया शाखा बाट १० लाखको जीवन आनन्द १०वर्ष बीमा पोलिसी खरिद गरेका थिए ।

    मियाको वैदेशिक रोजगारमा नेपाल बाट साउदी अरेबिया काम गर्न गएको बीमा गरेको ३ दिन मै साउदी अरेबियामा अचानक हृदयघात भई मृत्यु भएको थियो । सोही अनुरुप कम्पनीले बीमाको दाबी कर्ता श्रीमती खातुनलाई उक्त दाबी वापतको चेक दिएको हो ।

    उक्त चेक कलैया शाखा कर्मचारी जैद अली चौहान र शाखा प्रबन्धक अमरेन्द्र प्रसाद यादवले हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्