News Portal

  • हिमालयन लाइफको बागमती कर्मचारी संघमा थापाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०८१
    २५ पटक
    १६ वैशाख, २०८१

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ, बागमति प्रदेश अधिबेशनबाट पवन कुमार थापाको नेतृत्वमा १३ जना कार्यसमिति सर्वसम्मत चयन भएको छ । वैशाख १५ गते काठमाडौंमा भएको भेलाले उपाध्यक्ष, समिक भण्डारी, सचिव, अर्जुन प्रसाद भट्ट, कोषध्यक्ष, इश्वर पौडेल र सदस्यहरु, पवित्रा कटुवाल, रोजिना पुडासैनि, रबिन बस्नेत, शुस्मा सुनार, महेश खतिवडा, शसांक डिसि, बिश्व खनाल, सुरेन्द्र राज पौडेल र ज्योतिका राणालाई चयन गरेको हो ।

    उक्त कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष गणेश के.सि. को प्रमुख आतिथ्यमा कम्पनीका डिसिओ कपिल कुमार दाहाल, बीमा प्रधिकरण कर्मचारी संघका अध्यक्ष शम्भु मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    उक्त कार्यक्रममा कम्पनीका व्यवस्थापन तहका सम्पूर्ण व्यवस्थापक लगाएत २२० जना कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
    प्रतिकृया दिनुहोस्