News Portal

  • कर्मचारीको दक्षता अभिबृद्धिका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्यो प्रशिक्षण कार्यक्रम

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०८१
    २३ पटक
    १६ वैशाख, २०८१

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको गण्डकी प्रदेश स्थित गुडविल होटलमा वैशाख १४ र १५ गते आयोजना गरिएको कार्यक्रममा ५५ भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो ।

    कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता बढाउने काम गरिरहेको छ । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नेशसनल कोअर्डीनेटर सहायक महाप्रबन्धक कविराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, लेखा, ब्राण्डिङ र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिइएको थियो ।

    प्रशिक्षण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्मा र सहायक निर्देशक सुदिप गिरी लगायत प्रदेश प्रमुख, तथा विभागिय प्रमुखहरुले आआफ्नो प्रस्तुतिकरण दिएका थिए ।

    उक्त प्रस्तुतिकरणका विषयले कर्मचारिहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर सँगै सलिकोले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको छ । बजार बिस्तारमा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुन्छ, यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीलाई पनि उतिकै दक्ष बनाउने रणनीति बनाएको छ ।

    बीमा कम्पनीहरु काठमाण्डौ तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहदै आएकोमा मर्जर पश्चात आफ्नो स्ट्रेन्थलाई उपयोग गर्दै ग्रामिण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । सलिकोले ग्रामिण क्षेत्रमा समेत आफ्नो बजार विस्तार गरिरहेको छ ।

    यो प्रशिक्षण कार्यक्रम सहित सलिको इन्स्योरेन्सले यो आर्थिक बर्षमा आफ्ना सबै सातै प्रदेश भित्र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्