News Portal

  • माछापुच्छ्रे बैंक र होटलबीच ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७७
    १६७९ पटक
    ९ मंसिर, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन)बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
    उक्त सम्झौताअनुरुप माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीहरुले दुईवटै तारेहोटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौं, चितवन र पोखरा)को बसाईमा ३५ प्रतिशत तथा विषेश प्याकेजहरुमा ५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷क्रेडिट कार्ड तथा एटीएम प्रयोग गरी बिल भुक्तानी गर्दा सुविधा पाउन सक्नेछन् । त्यसै माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लब हिमालयन प्रालिसँग पनि सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले क्लब हिमालयन प्रालि फुड एण्ड वेभरेजमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
    बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखारहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्गसमेत गरी जम्मा २९३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्